अग्नि सिमेन्टले आईपीओ निष्काशन गर्ने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २० गते
अग्नि सिमेन्टले आईपीओ निष्काशन गर्ने
AdvertisementAds

अग्नि सिमेन्ट लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको हो।

फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १२ गते बिहान ११ बजे काठमाडौँस्थित कम्पनी रजिष्टर्ड कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको जनाएको छ। उक्त सभामा सर्वसाधारणलाई आईपीओ जारी गर्ने विशेष प्रस्तावका साथै कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ।

यसका अतिरिक्त, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू समेत पारित गर्ने कार्यसूची तय गरेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स