रुसको मिसाइल आक्रमणपछि जेलेन्स्कीले भने: पुटिनले जानाजानी क्रिसमसको दिन रोजे

रुसको मिसाइल आक्रमणपछि जेलेन्स्कीले भने: पुटिनले जानाजानी क्रिसमसको दिन रोजे

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले क्रिसमसको दिन रुसले गरेको आक्रमणपछि प्रतिक्रिया दिएका छन् ।जेलेन्स्कीले रुसका हरेक ठूला आक्रमणको तयारीमा समय लाग्ने उल्लेख गर्दै यो आक्रमण पूर्वयोजनाबिना कदापि सम्भव नहुने बताए।

उनले भने , “हरेक ठूला रुसी आक्रमणले तयारी गर्न समय लिन्छ। यो पूर्व योजनाबिना कहिल्यै हुँदैन। यो लक्ष्य मात्र होइन समय र मितिको पनि सचेत विकल्प हो।”

जेलेन्स्कीले भने, “पुटिनले जानाजानी हमलाका लागि क्रिसमस रोजे। यो भन्दा अमानवीय के हुन सक्छ? उनले ब्यालेस्टिकसहित ७० भन्दा बढी मिसाइल र १०० भन्दा बढी ड्रोनले आक्रमण गरिएको बताए। जसको लक्ष्य युक्रेनको ऊर्जा प्लान्ट भएको उनले बताए।

जेलेन्स्कीले भने, “प्रारम्भिक जानकारी अनुसार हाम्रो सेनाले ५० भन्दा बढी क्षेप्यास्त्र र ड्रोनहरू खसाल्न सफल भएको छ। दुर्भाग्यवश, केही ठाउँमा हमलाहरू भएका छन् जसका कारण केही क्षेत्रमा विद्युत अवरुद्ध भएको छ। हामी बिजुली पुनर्स्थापना गर्न काम गरिरहेका छौं।”

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स