उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि वर्षौँदेखि उठ्न नसकेको औद्योगिक क्षेत्रको ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ।
मन्त्री यादवले लामो समयदेखि भाडा नतिर्ने उद्योग तथा कार्यालयबाट तत्काल बक्यौता उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई निर्देशन दिएकी थिइन्। त्यसपछि लिमिटेडले बक्यौता असुली अभियान तीव्र बनाउँदै करिब ६ सय ३५ उद्योग तथा कार्यालयलाई सार्वजनिक सूचना जारी गरेको थियो। अधिकांश उद्योगले त्यसपछि बक्यौता चुक्ता गरेका छन्।
महाप्रबन्धकका अनुसार केही उद्योगले वि.सं. २०४५ सालदेखि नै भाडा नतिरी बक्यौता राख्दै आएका थिए।
निर्धारित समयभित्र भाडा नतिर्ने उद्योगको विद्युत सेवा बन्द गर्न मन्त्री यादवले निर्देशन दिएपछि सुरुमा दुई सयभन्दा बढी उद्योगको लाइन काटिएको थियो। बक्यौता तिरेपछि धेरै उद्योगको लाइन पुनः जोडिएको भए पनि हालसम्म ४५ कम्पनीको विद्युत सेवा बन्द रहेको लिमिटेडले जनाएको छ। बक्यौता पूर्ण रूपमा नतिरेसम्म विद्युत सेवा पुनः सञ्चालन नगर्न निर्देशन दिइएको छ।
बक्यौता राख्ने कम्पनीमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रा.लि. को करिब ३ करोड ६९ लाख रुपैयाँ र कन्टिनेन्टल सर्भिसेज प्रा.लि. को करिब १ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ। यी कम्पनीको विद्युत लाइन काट्ने प्रक्रिया पनि अघि बढाइएको लिमिटेडले जनाएको छ।
















![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया