वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ सोमबार खुला भएपछि दर्शकहरूमा चर्को उत्साह फैलिएको छ। भोली (बुधबार) रिलिज हुने चलचित्रलाई देशभरका प्रमुख मल्टिप्लेक्सहरूले कुल १०१ शोमा प्रदर्शन गर्ने व्यवस्था गरेका छन्, जसमा क्यूएफएक्स चेनबाट ६५ शो (काठमाडौं उपत्यका भित्र २९ र बाहिर ३६) उपलब्ध छन्।
महाशिवरात्रिको अवसरमा फागुन १४ गतेदेखि प्रदर्शनमा आउने यस चलचित्रलाई लोकप्रिय हास्य टेलिशृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको हो र मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) रहेका छन्। कुमार कट्टेलद्वारा निर्देशित चलचित्रमा विजय बराल, अर्जुन घिमिरे लगायत चर्चित कलाकारहरूको अभिनय छ।



















प्रतिकृया