देशभरका हलहरुमा फिल्म ‘कार्साङ’ को अग्रिम बुकिङ खुला



Advertisement
Ads

पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएको छ। क्यूएफएक्स चेनसहित केही मल्टिप्लेक्सहरूले ‘कार्साङ’को अग्रिम टिकट बुकिङको प्रक्रिया सुरु गरेका छन्।

देशभरका हलहरूले सुखद शो दिँदै बुकिङ सुरु गरेसँगै क्यूएफएक्सको काठमाडौं उपत्यकाका आउटलेटहरूमा २५ शो उपलब्ध गरिएको छ। काठमाडौं बाहिरका स्टेसनहरूमा पनि क्यूएफएक्सले ‘कार्साङ’लाई समान २८ शो उपलब्ध गराएको छ। चलचित्रको शोको संख्या राम्रो छ, र वर्ड अफ माउथको बलले थप शोहरू थपिन सक्ने विश्वास गरिएको छ।


Advertisement

त्यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीन आउटलेटहरूमा १५ शो दिएको छ। एफ क्युब सिनेमाज र विएसआर मुभिजले प्रत्येकमा ६ शो उपलब्ध गराएका छन्, भने बिग मुभिज र वान सिनेमाजमा बुकिङ खुल्न बाँकी छ।

‘कार्साङ’मा यम शेर्पाको लेखन र निर्देशन रहेको छ। निर्देशक शेर्पाले यो चलचित्रलाई ग्रामीण परिवेशमा आधारित पारिवारिक कथामा केन्द्रित रहेको बताएका छन्। २ घन्टा ५ मिनेटको ‘कार्साङ’ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तु प्रस्तुत गर्नेछ। निर्माण पक्षको विश्वास छ कि यो चलचित्रले दर्शकको मन जित्न सफल हुनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर