जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले गोली चलाउन आदेश दिने, गोली चलाउने तथा त्यसलाई रोक्न नसक्ने सबै व्यक्तिमाथि कारबाही गर्न सिफारिस गरेको जनाएको छ।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन्। आयोगले तयार पारेको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएपछि उनले उक्त टिप्पणी गरेका हुन्।
कार्कीका अनुसार आन्दोलनका क्रममा भएको हिंसात्मक दमनबारे विस्तृत अनुसन्धान गरी जिम्मेवार देखिएका सबै पक्षलाई कानुनी कारबाहीको सिफारिस गरिएको छ।
‘‘गोली हान्न लगाउने, गोली हान्ने र गोली हान्न नरोक्ने सबैलाई कारबाही सिफारिस गरेका छौँं।’ अध्यक्ष कार्कीले भने।
आयोगले आन्दोलनका क्रममा भएका घटनाको तथ्यगत अध्ययन गरेर प्रतिवेदन सरकारलाई बुझाएको छ।


















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया