नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशभर आफ्नो पार्टीप्रति सकारात्मक माहोल बनिरहेको बताएका छन् । धौलागिरिबाट काठमाडौँमा आएर बसोबास गरिरहेका कांग्रेसका अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा मंगलबार उनले देशभर कांग्रेसको पक्षमा सकारात्मक माहोल बनिरहेको बताएका हुन् ।
महामन्त्री पौडेलले देश विकासका लागि ‘भिजन १०’ का साथ अघि बढेकाले पार्टीका उम्मेदवारका पक्षमा सकारात्मक प्रतिक्रिया आइरहेको उल्लेख गरे । “देशैभर सकारात्मक माहोल बनिरहेको छ, यसले आगामी निर्वाचनमा हामीलाई राम्रो नतिजा आउने वातावरण बन्छ”, उनले भने।
कार्यकर्ता र आमनागरिकको अपेक्षाअनुसार कांग्रेस नीतिगत र देश बदल्ने योजनामा समेत प्रष्ट भएको उल्लेख गर्दै महामन्त्री पौडेलले यो विषय सबैमाझ बुझाउन उम्मेदवार, नेता कार्यकर्ता र शुभेच्छुक सबै लाग्नुपर्नेमा जोड दिए ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया