संघीय संसद अन्तर्गत आज आइतबार चार वटा संसदीय समिति—अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, र सार्वजनिक लेखा समिति—को बैठक बस्दैछ।
अर्थ समितिको बैठक बिहान ११:३० बजे तय गरिएको छ। बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ संशोधन गर्न बनेको विधेयकबारे विज्ञहरूसँग छलफल गरिनेछ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बिहान ११ बजे समितिको कक्षमा बस्नेछ। बैठकमा समितिको वार्षिक प्रतिवेदनबारे आन्तरिक छलफल हुने कार्यसूची छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १०:३० बजे सिंहदरबारमा बस्दैछ। बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका साथै सिँचाइ, मलखाद, प्रविधि प्रयोग, अनुदान, बजारीकरण, चक्लाबन्दी लगायत समग्र कृषि क्षेत्रको विषयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिनेछ।
त्यस्तै, सार्वजनिक लेखा समितिको ४०औँ बैठक दिउँसो १:३० बजे बस्नेछ। सो बैठकमा महालेखा परीक्षकको २३औँ प्रतिवेदनको मस्यौदा, पोखरा विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन, उजुरी तथा बेरुजु छलफलको प्रगति लगायत विषयमा छलफल हुने कार्यसूची रहेको छ।















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया