हिमालयन बैंक लिमिटेडका ९ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेका कुल २ लाख ५ हजार २४५ कित्ता संस्थापक सेयर बिक्री गर्दै बैंकबाट बाहिरिने भएका छन्।
संस्थापक शेयरधनीमध्ये ज्योति कुमार बेगानीले ७४ हजार ७५ कित्ता, प्रेम काजी खाइजू र गोपाल श्रेष्ठले समान २८ हजार ६७६ कित्ता, सावित्री देवी अग्रवालले २६ हजार ४५४ कित्ता, रामकाजी सिलवालले २३ हजार ८९६ कित्ता सेयर बिक्रीमा राखेका छन्।त्यस्तै, सुरक्षा सिजापतिले ११ हजार १५६ कित्ता, मैयाँ श्रेष्ठ बस्नेतले ५ हजार १४१ कित्ता, नारायण श्रेष्ठले ४ हजार कित्ता र चिरञ्जीवि लाल अग्रवालले ३ हजार १७१ कित्ता सेयर बिक्री गर्न लागेका हुन्।
नेपाल बैंकको निर्देशन अनुसार यी सेयरहरु बैंककै विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै किन्न पाउने व्यवस्था गरिएको छ। इच्छुक सेयरधनीहरूले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको बैंकको कानून विभागमा आवेदन दिनुपर्नेछ। यदि तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुले आवेदन नदिएमा बाँकी सेयरसर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ। कम्पनीले हाल सर्वसाधारणक लागि असार ३२ गते देखि साउन ४ गते सम्म एफपीओ जारी गरिरहेको छ।














![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)





![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया