SHAREHUBSHAREHUB

सामाजिक सञ्जालमा अमर्यादित पोस्ट गर्ने डीआईजीदेखि कार्यालय सहयोगीसम्म ५९९ प्रहरी कारबाहीमा

AdvertisementAds
सामाजिक सञ्जालमा अमर्यादित पोस्ट गर्ने डीआईजीदेखि कार्यालय सहयोगीसम्म ५९९ प्रहरी कारबाहीमा
AdvertisementAds

सामाजिक सञ्जालमा संगठनको मर्यादा विपरीत सामग्री पोस्ट गरेको आरोपमा ५ सय ९९ जना प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरिएको छ। नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीतिको उल्लंघन गर्ने प्रहरी नायब महानिरीक्षक (डीआईजी) देखि कार्यालय सहयोगीसम्मका कर्मचारी कारबाहीमा परेका हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स (ट्विटर), टिकटक लगायतका प्लेटफर्ममा संगठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने, गैरव्यावसायिक व्यवहार देखाउने तथा प्रहरी पोसाक र हातहतियारको दुरुपयोग हुने सामग्री पोस्ट गर्ने कर्मचारीहरूलाई कारबाही गरिएको हो।

कारबाहीमा पर्नेहरूको विवरण अनुसार

प्रहरी नायब महानिरीक्षक (डीआईजी) – १

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) – १

AdvertisementAds

प्रहरी उपरीक्षक (एसपी) – ४

प्रहरी नायब उपरीक्षक (डीएसपी) – ५

प्रहरी निरीक्षक – २४

प्रहरी वरिष्ठ नायब निरीक्षक – ११

प्रहरी नायब निरीक्षक – २४

प्रहरी सहायक निरीक्षक – ५१

प्रहरी वरिष्ठ हवल्दार – ७

प्रहरी हवल्दार – ३५

सहायक हवल्दार – ७६

प्रहरी जवान – ३५८

प्रहरी कार्यालय सहयोगी – २

उनीहरूलाई सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मका कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीले सामाजिक सञ्जालको मर्यादित र जिम्मेवार प्रयोग सुनिश्चित गर्न मिति २०७१/०९/११ मा निर्देशिका जारी गरेको थियो। त्यसअनुसार प्रहरी कर्मचारीले गैरव्यावसायिक, अमर्यादित तथा संगठनको छविमा असर पार्ने गतिविधि गर्न नपाउने व्यवस्था गरिएको छ।

त्यस्तै, आचारसंहितासम्बन्धी कार्यादेश–२०७७ र विभिन्न परिपत्रमार्फत हातहतियार, पोसाक, सवारी साधन तथा प्रहरी गतिविधिका भिडियो वा फोटो सामाजिक सञ्जालमा अपलोड गर्न, टिप्पणी गर्न र टिकाटिप्पणी गर्न समेत रोक लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स