भारतमा शुक्रबार ५.२ म्याग्निच्युडको भूकम्प

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १ गते
भारतमा शुक्रबार ५.२ म्याग्निच्युडको भूकम्प

भारतको लद्दाखस्थित कारगिलमा शुक्रबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, स्थानीय समयअनुसार बिहान २:५० बजे भूइँचालो महसुस गरिएको थियो।

उक्त भूकम्पको धक्का जम्मु-कश्मीरमा समेत अनुभव गरिएको थियो। भूकम्पको केन्द्रविन्दु जमिनबाट १५ किलोमिटर गहिराइमा रहेको बताइएको छ।

वैज्ञानिकहरूका अनुसार, भारतमा अघिल्ला भूकम्प, भूकम्पीय गतिविधि तथा टेक्टोनिक संरचनाका आधारमा उक्त क्षेत्र उच्च भूकम्पीय जोखिमयुक्त रहेको पहिचान गरिएको छ।

(एजेन्सीहरुको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स