पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा भासिएको सडक मर्मतपछि यातायात सेवा पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
बर्दघाट नगरपालिका-४ दाउन्नेस्थित खुर्सानीखोलामा गत शुक्रबार साँझ साढे ५ बजे सडक भासिएको थियो। मर्मत कार्य पूरा भएपछि आइतबार बिहान ११ बजेदेखि दुईतर्फी यातायात सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
शनिबार बिहान ९ बजेदेखि सडकलाई एकतर्फी सञ्चालनमा ल्याइएको थियो। तर, मालवाहक सवारीसाधनलाई भने दाउन्ने क्षेत्रमा प्रवेशमा रोक लगाइएको थियो।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया