सशस्त्र प्रहरी बलमा २,१९६ जनाको बढुवा
करिब एक महिनाभित्र सशस्त्र प्रहरी बल, नेपालले वरिष्ठ नायव निरीक्षकदेखि सहायक हवल्दारसम्म २,१९६ जनाको बढुवा गरेको छ।
बढुवा हुनेमध्ये वरिष्ठ नायव निरीक्षक ११, नायव निरीक्षक ३४, लेखा उपसमूहका नायव निरीक्षक ६ जना छन्। वरिष्ठ हवल्दार ६०३, हवल्दार ७५९ र सहायक हवल्दार ७८३ जना बढुवा भएका हुन्।
जेठ १९ गते सूचना जारी गरी बढुवा फाराम भर्न १० र १५ दिन भित्र पेश गर्न भनिएको थियो। योग्य उम्मेदवारले शैक्षिक प्रमाणपत्रसहित फाराम बुझाउनुपर्नेछ।