दक्षिण कोरियामा १८१ जना चढेको विमान दुर्घटना, २८ जनाको ज्यान गयो

दक्षिण कोरियामा १८१ जना चढेको विमान दुर्घटना, २८ जनाको ज्यान गयो

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा एक विमान दुर्घटना भएको छ, जसमा करिब १८१ जना सवार थिए। उक्त दुर्घटना ल्यान्डिङका क्रममा धावनमार्गमा चिप्लिएर भएको हो, जसका कारण विमानमा आगो लागेको थियो।

समाचार एजेन्सी योनहापका अनुसार, यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। विमानमा १७५ जना यात्री र ६ जना चालक दलका सदस्य थिए।

दुर्घटनामा दुई जना थाइल्याण्डका नागरिक थिए, अन्य सबै दक्षिण कोरियाका थिए।

थाइल्याण्डको राजधानी बैंककबाट फर्किरहेको जेजु एयरको विमान स्थानीय समय अनुसार बिहान ९ बजेर ७ मिनेटमा दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनास्थलमा दुई जनालाई जीवितै उद्धार गरिएको बताइएको छ। यो स्थान दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स