नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । लक्ष्मी सनराइज बैंक र विन्ध्यवासिनी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।
लक्ष्मी सनराइज बैंकको १ करोड १५ लाख ९३ हजार ५७७..२५ कित्ता बोनस सेयर सूचीकरण गरिएको छ । यस कम्पनीले वितरण गरेको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।

त्यस्तै,विन्ध्यवासिनी हाइड्रोपावरले वितरण गरेको ७.६० प्रतिशत बोनस सेयर बराबरको ७ लाख ९८ हजार कित्ता सेयर सूचीकृत गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार हुनेछ ।


प्रतिकृया