कर्मचारी बोनसका लागि ११ अर्ब ७५ करोड रुपैयाँ छुट्याइयो, कुन बैंकले कति वितरण गर्ने?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र ११ गते
कर्मचारी बोनसका लागि ११ अर्ब ७५ करोड रुपैयाँ छुट्याइयो, कुन बैंकले कति वितरण गर्ने?
AdvertisementAds

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले कर्मचारी बोनसका लागि ११ अर्ब ७५ करोड ६५ लाख रुपैयाँ छुट्याएका छन्। बोनस ऐनअनुसार नाफाको १० प्रतिशत कर्मचारी बोनसका लागि छुट्याउनुपर्ने व्यवस्था छ।

आर्थिक वर्ष २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले कर्मचारी बोनसका लागि ९ अर्ब १९ करोड ७८ लाख रुपैयाँ छुट्याएकोमा गत आर्थिक वर्षमा बोनस रकम उल्लेख्य वृद्धि भएको हो। वाणिज्य बैंकहरुले १० अर्ब ६१ करोड १४ लाख रुपैयाँ, विकास बैंकहरुले ९६ करोड रुपैयाँ र फाइनान्स कम्पनीहरुले १८ करोड रुपैयाँ कर्मचारी बोनसमा छुट्याएका छन्।

बैंकमध्ये नबिल बैंकले सबैभन्दा बढी १ अर्ब १४ करोड ९५ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ६ करोड ७८ लाख, ग्लोबल आईएमई बैंकले करिब ९८ करोड र एभरेष्ट बैंकले करिब ८३ करोड रुपैयाँ छुट्याएको छ। विकास बैंकमा मुक्तिनाथ विकास बैंकले करिब २५ करोड र गरिमा विकास बैंकले २१ लाख रुपैयाँ, फाइनान्स कम्पनीमा आईसीएफसीले साढे ५ करोड र मञ्जुश्री फाइनान्सले ५ करोडभन्दा बढी छुट्याएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स