राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले राष्ट्रबैंकले मौद्रिक नीति ल्याउँदा राजनीतिक प्रभावमा नपरी स्थायी किसिमको ल्याउनुपर्ने बताएका छन्। आइतबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद ढकालले ७८ सालको मौद्रिक नीति निजी क्षेत्र माथि अंकुश लगाउने क्रूर किसिमको भएको बताए।
सांसद ढकालले आर्थिक वर्ष ८१/८२ को मौद्रिक नीति निजी क्षेत्रका लागि उत्साहजनक भएको भन्दै विगतका वर्षमा राष्ट्रबैंकले अर्थ मन्त्रालयसँग सहकार्य नगरेको आरोप लगाए । उनले भने,‘ म पूर्व अर्थमन्त्री हरूलाई प्रश्न गर्न चाहन्छु, तपाईं अर्थमन्त्री बनिरहँदा एउटा नियामक राष्ट्र बैंकले जति सहकार्य गर्नुपर्थ्यो अर्थमन्त्रालमा, के गरेको थियो ? आज नियामक हरुको चाबी कहाँ कसरी राखिने रैछ र आफूलाई पायक पर्दा कसरी खोलिने रैछ गत शुक्रबारको मौद्रिक नीतिले स्पष्ट पारेको छ। ’
संसद्मा बोल्दै सांसद ढकालले राष्ट्रबैंककै कारण लगानीकर्ताले १४ खर्ब गुमाउनु परेको समेत आरोप लगाए। ‘यो बीचमा लाखौं लाख लगानीकर्ताको सम्पत्ति मार्जिन लेण्डिङ बुझाउन नसक्दा लिलामीमा गएको छ। १४ खर्बको क्षति छ, त्यो पोलिसी करेक्सन गरिदिनुहोस् यो पोलिसी गलत छ पटक पटक सदन र सडकमा आवाज उठ्दा ती पोलिसी करेक्सन भएन। म खबरदारी गर्न चाहन्छु राज्यको नियामक निकायमा जुन किसिमको हस्तक्षेप र प्रभावको शैली छ यो शैलीको घोर विरोध गर्दछु ।’












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया