बर्षको अन्तिम कारोबार दिनमा घटेर बन्द भयो बजार

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र २८ गते
बर्षको अन्तिम कारोबार दिनमा घटेर बन्द भयो बजार

दुई दिन लगातर बढेको सेयर बजार बर्षको अन्तिम कारोबार दिन आज (बुधबार) गिरावट आएको छ । आज सेयरबजार परिसूचक नेप्से १०.७१ विन्दुले घटेर २०२५.३० अंकमा बन्द भएको छ । यस्तै आज बजार घट्दा कारोबार रकममा पनि घटेको छ । हिजो ४ अर्ब बढीको कारोबार भएकोमा आज ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार रुपैयाँको मात्र सेयर खरिद बिक्रि भएको छ ।

आज तीन सय आठ कम्पनीको ८६ लाख ९६ हजार नौ सय १८ कित्ता सेयर खरिदबिक्री हुँदा रु तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार छ सय ४० बराबरको कारोबार भएको छ । आज उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३ र व्यापार समूह एक दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ५० प्रतिशतले घटेको छ । यस्तै  बैंकिङ शून्य दशमलव ०३, विकास बैंक एक दशमलव २५, होटल तथा पर्यटन एक दशमलव ६७, जलविद्युत् शून्य दशमलव ०४ र लगानी शून्य दशमलव ४० प्रतिशतले घटेको छ । जीवन बीमा समूह एक दशमलव २५, लघुवित्त एक दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ७३, निर्जीवन बीमा समूह एक दशमलव ०४ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।

आज मान्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिंगटी हाईड्रो इनर्जी लिमिटेड रहेको छ जसको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु १२ करोड ५४ लाख ८८ हजार बराबरको सेयर कारोबार भएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स