संघीय संसद सचिवालयका कर्मचारीहरूले धर्ना बसेका छन् । अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता माग्दै उनीहरूले धर्नामा बसेका हुन् ।
उनीहरूले ११ बुँदे माग राख्दै संसद परिसरमै धर्ना दिएका हुन् । संसदका कर्मचारीहरू धर्नामा रहेको विषय संसदमा समेत उठेको छ ।
नेकपा एमालेका सांसद रघुजी पन्तले ओभरटाइम गरेको समयको भत्ता माग राखेको बताए । अतिरिक्त समय काम गर्दा भत्ता नपाउने भन्ने विषय सम्बोधन गरिनुपर्ने उनले बताए ।
‘संसदमा कर्मचारीहरु धर्नामा बस्नुपर्ने र सांसदलाई दिनुपर्ने सुविधा कटौती हुने अवस्थामा हाम्रो अवस्था भएको हो र ?’ भन्दै उनले प्रश्न गरेका छन् ।
#BajarkoChirfar #Bazarkochirfar









![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)


प्रतिकृया