हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने तयारी गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ३२ गते
हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने तयारी गर्दै
AdvertisementAds

हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।आउदो असार १६ गते कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ ।

साधारण सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने, नयाँ संस्थापकहरूमा बढीमा ३ करोड रुपैयाँ बराबरको थप संस्थापक सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ, तत्पश्चात सर्वसाधारणका लागि छुट्याइएको सेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पनि सभामा अनुमोदन हुनेछ ।

साधारणसभा असार १६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा सुरु हुनेछ ।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स