हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित बोलायो विशेष साधारणसभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १० गते
हिम पर्वत हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित बोलायो विशेष साधारणसभा
AdvertisementAds

हिम पर्वत हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित विशेष साधारणसभा बोलाएको छ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ २७ गते बिहान ११ बजे कम्पनीको मूख्य कार्यालय त्रिपुरेश्वर, काठमाडौमा विशेष साधारण सभा बोलाएको हो ।

सभाले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, अधिकृत तथा जारी पुँजी बढाउने, पुँजी संरचना परिवर्तन गर्ने, अग्राधिकार सेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने  प्रस्तावहरु सभाले पारित गर्नेछ । साथै सभाले प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ । हाल कम्पनीले दोलखा जिल्लामा ५.५ मेगावाटको साँगु खोला -१ र २० मेगावाटको साँगु खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ।

#Bajarkochirfar

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स