हिमालय एयरलाइन्सले यात्रुहरूका गुनासोका आधारमा उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने घोषणा गरेको छ।
एयरलाइन्सले जारी गरेको विज्ञप्ति अनुसार, २१ नोभेम्बर (मङ्सिर ६) देखि ‘वाइ क्लास’ भाडादरमा टिकट बिक्री बन्द गरिनेछ। ‘वाइ क्लास’ भाडा नर्मल इकोनमिक्लासको उच्चतम श्रेणी हो, र यात्रुहरूलाई थप सुविधा पुर्याउने उद्देश्यले यो निर्णय गरिएको एयरलाइन्सले बताएको छ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने समस्याले यात्रुहरूमा असुविधा भइरहेको भन्दै, उक्त जनगुनासोलाई ध्यानमा राख्दै उचित भाडादर कायम गर्ने प्रतिबद्धता एयरलाइन्सले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा, कात्तिक २५ गतेदेखि अर्को सूचना जारी नभएसम्म सबै अन्तर्राष्ट्रिय एयरलाइन्सले ‘ग्रुप टीबीए’ बुकिङ निलम्बन गरिसकेको छ।
हिमालय एयरलाइन्सले यात्रुहरूको चासो सम्बोधन गर्दै भाडादर सम्बन्धी नीतिमा सुधार गर्ने प्रयास गरेको हो।


















प्रतिकृया