हाईड्रोका आयोजनाहरुमा भएको सञ्चय कोषको लगानी जोखिममा : जितेन्द्र धिताल

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३० गते
हाईड्रोका आयोजनाहरुमा भएको सञ्चय कोषको लगानी जोखिममा : जितेन्द्र धिताल
AdvertisementAds

कर्मचारी सञ्चयकोषको ६३औं वार्षिकोत्सबको अवसरमा कर्मचारी सञ्चय कोषले पछिल्ला दिनहरूमा गर्दै आएका कार्य र सञ्चयकर्ता वा आम कर्मचारीले पाउने सुविधा लगायतका विषयहरू छन् । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले कोषका प्रशासक जितेन्द्र धितालसँग कुराकानी गर्दा सञ्चयकोषको लगानी जलविद्युत क्षेत्रमा जोखिमयुक्त रहेको बताएका छन्।
उनका अनुसार सञ्चयकोष नेपालको ठूलो भौतिक पूर्वाधार विशेष गरी जलविद्युत् क्षेत्रमा लगानी गर्ने एउटा ठूलो संस्था हो ।
उनी संचय कोषको लगानी जोखीममा रहेको कुरा सत्य रहेको  बताउँछन् । उनले भने,’ कर्मचारी लगानी कोषले तामाकोशी जलविद्युत आयोजनामा लगानी गरेर बनायो तर आयोजना निर्माणमा समय र लागत बढेपछि समस्या पर्यो । कोषको राम्रो किसिमको योगदान छ । तर कोषले योगदान गरे अनुसार समयमा आयोजना हरु बन्न सकेका छैनन् र लगानी बाट जुन खालको प्रतिफल हुने अपेक्षा थियो मुनाफामा त्यो अनुसार न आएपछि ठूला किसिमका जलविद्युत आयोजना अर्थात हाईड्रोमा कर्मचारी संचय कोषले लगानी गर्न जोखिमयुक्त रहेको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स