हनुमन्ते खोलाको बाढीले भक्तपुरका विभिन्न स्थान प्रभावित, लाखौँको क्षति

हनुमन्ते खोलाको बाढीले भक्तपुरका विभिन्न स्थान प्रभावित, लाखौँको क्षति

भक्तपुरको मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजना भित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भएका छन् । बस्तीभित्र बाढी पसेपछि सुरक्षित स्थानमा घरका सामान सार्ने र आफ्ना सवारीसाधन उच्चस्थानमा सार्न मै उनीहरू व्यस्त रहे ।

भूमिगत पसल तथा साना उद्योगमा सामान हेर्दाहेर्दै डुबे । कसैले आफ्ना सामान जोगाएभने कयौँका बगे । यो क्षेत्रमा हनुमन्ते खोला पसेको होइन, कमेरोटार जग्गा एकीकरण आयोजना र मध्यपुर थिमि नगरपालिकाको लापरबाहीका कारण समस्या भएको हो ।

रातभरको वर्षाले हनुमन्ते र आसपासका सहायक खोला उर्लिँदा आसपासका अस्पताल, विद्यालय, बस्ती, उद्योग, कलकारखाना जलमग्नमात्र भएका छैनन् त्यहा लाखौँको क्षति भएको प्रभावित परिवारले बताएका छन् ।

सूर्यविनायक नगरपालिका क्षेत्रका बालकोटबाट सिरुटारसम्मका ७० भन्दा बढी घर डुबानमा परेका छन् । हनुमन्तेको बाढी बालकोट पुलहुदै बस्तीमा पसेपछि मेरिगोल्ड स्कुल, आसपासका बस्ती डुबानमा पर्नुका साथै बिहानदेखि ९ बजेसम्म बालकोट सडक अवरुद्ध भएको छ । सडकबाट भेल बगेपछि बाटामात्र बन्द भएका छैनन् यहाँका विद्यालयहरु बन्द भएका छन् । बालकोटको माइक्रोबस पार्क क्षेत्रका बस्ती डुबनमा परेको छ ।

बालकोट क्षेत्रबाट राति १ बजेदेखि स्थानीयको उद्धारमा खटिएको प्रहरी र स्थानीइले ५० जनाभन्दा बढीको उद्धार गरेका आरएनए ग्रुपका संयोजक अरुण सैजुले जानकारी दिए । उनले रातिदेखिनै भक्तपुर अस्तव्यस्त भएको बताए ।

RG BHAKTAPUR IMG 3323 scaled https://bajarkochirfar.com/%e0%a4%b9%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%87-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ae | %tags
मङ्गलबार राति परेको अविरल वर्षाका कारण भक्तपुरको राधेराधे क्षेत्रको हनुमन्ते खोलामा बढेको पनाीको सतह । हनुमन्ते खोलाको बाढी बस्तीमा पसेपछि यहाँका एक सय भन्दा बढी घर डुबानमा परेका छन् । तस्बिर ; रमेश गिरी / रासस
RG BHAKTAPUR IMG 33651 scaled https://bajarkochirfar.com/%e0%a4%b9%e0%a4%a8%e0%a5%81%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%87-%e0%a4%96%e0%a5%8b%e0%a4%b2%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a4%be%e0%a4%a2%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ae | %tags
मङ्गलबार राति परेको अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेको तल्लो बस्तीस्थित एक पसलमा पसेको बाढी । तस्बिर : रमेश गिरी/ रासस
Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स