नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ४५ अङ्कले बढ्दा कारोबार रकम भने पौने चार अर्बमा खुम्चिएको छ ।
नेप्से परिसूचक आज एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार पाँच सय आठ दशमलव ८६ को अङ्कमा कायम भएको हो । आज तीन सय १९ कम्पनीको ९७ लाख १७ हजार नौ सय ५९ कित्ता सेयर ५० हजार छ सय ८० पटक खरिद बिक्री हुँदा कारोबार रकम रु तीन अर्ब ७१ करोड ५३ लाख ५९ हजार नौ सय ३५ मा खुम्चिएको छ । नेप्सेमा आजको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो ।
म्युचुअल फन्ड शून्य दशमलव ६० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै वित्त समूह चार दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ८३ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव १८, विकास बैंक एक दशमलव ९३, होटल तथा पर्यटन तीन दशमलव २८, जलविद्युत् एक दशमलव २२, जीवन बीमा एक दशमलव ७८ र लघुवित्त एक दशमलव ८५ प्रतिशतले बढेको छ ।
त्यस्तै, निर्जीवन बीमा शून्य दशमलव ७१, व्यापार एक दशमलव ५२ र अन्य समूह दुई दशमलव ३७ प्रतिशतले बढेको छ । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा प्रभु सेलेक्ट फन्डको शेयर मूल्य नौ दशमलव ३६ प्रतिशत छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु १७ करोड ६९ लाख ६४ हजार २७ बराबरको कारोबार भएको छ । कारोबार भएको सेयर सङ्ख्याका आधारमा भने सिटिजन सुपर–३० म्युचुअल फन्डको १२ लाख एक हजार चार सय २० कित्ता सेयर किनबेच भएको छ ।







![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)
![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया