आज नेप्से परिसूचक ८.१८ अङ्कले घटेर २९२३.४६ मा बन्द भएको छ। अघिल्लो दिन २७ अर्बको नयाँ रेकर्ड बनाएको बजारले आज भने कारोबार रकम घटेर २१ अर्ब पुगेको छ। साथै, आज १३ उपसमूहहरु मध्ये ५ उपसमूह बढेको छ भने आठ उपसमूह घटेको छ।
आज बजारमा सामान्य करेक्सन आएपनि कारोबार रकम भने राम्राे नै देखिन्छ । बजार बढ्दो क्रममा रहँदा केही लगानीकर्ताले प्रर्फिट बुक गर्दा बजारमा सानोतिनो करेक्सन आएको अनुमान गर्न सकिन्छ।बजारले नयाँ उचाई तय गर्दै अगाडि बढिरहेको बेला बजारमा बेला बेला सामान्य करेक्सन आउनु स्वभाविक मानिने गर्छं। समग्रमा बजारमा लगानीकर्ताको उत्साह भने निरन्तर रहेको छ।
नेप्से ८.१८ अंकले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज सेयरबजार ८.१८ अंकले घट्दा ४ कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ८० कम्पनीहरुको सेयरमूल्य बढेको छ। सर्किट लागेर सेयरमूल्य बढ्नेमा मातृभूमि लगुवित्त, पिपुल्स हाइड्रो, डोल्टी पावर, गुडविल फाइनान्स रहेका छन्।

नेप्से ८.१८ अंकले घट्दा कसको सेयरमूल्य सबैभन्दा बढी घट्यो:
आज दिनभरको कारोबारमा १५७ कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा नेपाल फाइनान्स, सगरमाथा जलविद्युत, आत्मनिर्भर लगुवित्त, मैलुङ खोला जलविद्युत र अभियान लगुवित्त रहेका छन।


प्रतिकृया