आज साताको पहिलो कारोबार दिन नेप्से ५३.६३ अङ्कले घटेर २६९५ मा बन्द भएको छ। आज दिनभर १० अर्ब ५१ करोड रुपैयाँको कारोबार भएको छ भने १३ मध्ये एउटा उपसमूहको सूचक बढेको छ भने १२ वटा उपसमूह घटेको छ। सर्वाधिक घट्ने उपसमूह मा फाइनान्स उपसमूह रहेको छ।
बजारको कारोबार घट्दो क्रममा रहेको छ। डेढ महिनाको अवधिमा व्यापक रूपमा बढेको बजारमा करिब ३० अर्ब सम्मको कारोबार रकम पुगेको थियो। जुन अहिले १० अर्ब सम्म आइपुगेको छ। बजार घट्दो क्रम सुरु भए संगै कारोबार रकममा पनि गिरावट आएको छ।
नेप्से परिसूचक ५३.६३ अङ्कले घट्दा सबैभन्दा बढी कुन कम्पनीको सेयरमूल्य बढ्यो:
आज सेयरबजार ५३.५३ अंकले घट्दा एउटा कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ३१ कम्पनीहरूको सेयरमूल्य बढेको छ। सर्किट लागेर बढ्नेमा सुपर माई हाइड्रोपावर कम्पनी रहेको छ। त्यस्तै, सर्वाधिक बढ्नेमा क्रमश: हिमालयन पावर पार्टनर , कुथेली भुखारी हाईड्रोपावर र सामलिङ पावर कम्पनी रहेको छ।

नेप्से परिसूचक ५३.६३ अंकले घट्दा कसको सेयरमूल्य सबैभन्दा बढी कसको मूल्य घट्यो:
आज नेप्से ५३.६३ अंकले घट्दा ३ कम्पनीको सेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ भने २०९ कम्पनीको सेयर मूल्य घटेको छ। सर्किट लागेर घट्नेमा माई खोला हाईड्रोपावर, पिपुल्स हाईड्रोपावर र थ्री स्टार हाईड्रोपावर रहेका छन्।


प्रतिकृया