सेयर कारोबारका लागि टीएमएस चलाउनेको संख्या तिब्र रुपमा बढ्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २७ गते
सेयर कारोबारका लागि टीएमएस चलाउनेको संख्या तिब्र रुपमा बढ्दै

पछिल्लो समय अनलाइनमार्फत सेयर कारोबार गर्नेहरूको संख्या तिब्र रुपमा बढेको छ। साउन महिनामा मात्र ७२ हजार ९४० नयाँ प्रयोगकर्ताहरू ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा आबद्ध भएका छन्। यससँगै साउनसम्ममा टीएमएस प्रयोगकर्ताहरूको संख्या २३ लाख ३१ हजार ३५० पुगेको छ।

विशेषगरी धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न टीएमएसमा आबद्ध हुनेहरूको संख्या वृद्धि भइरहेको छ। सेयर बजारमा सुधार आएपछि टीएमएस प्रयोगकर्ताहरूको संख्या बढेको छ । बजारमा सुधार आएको समयमा दैनिक करिब २ लाख ५० हजार प्रयोगकर्ताहरूले टीएमएस चलाउने गर्थिए  भने बजार घटेको समयमा यो संख्या ५० देखि ६० हजारमा सिमित भएको छ।

साथै, हाल डिम्याट खाता संख्या ६३ लाखभन्दा बढी पुगेको छ। यस्तै, मेरो सेयर खाताको संख्या पनि ५४ लाखभन्दा बढी रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स