आज नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा बन्द भएको छ। आज सबै उपसमूह बढेको छ भने सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स उपसमूह रहेको छ। दिनभर ७ अर्ब ६१ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनएलजी इन्स्योरेन्सको भएको छ। यस दिन ३०७ कम्पनीको १ करोड ७५ लाख सेयर कारोबार भएको छ्।
अघिल्लो दिन सामान्य अङ्कले बढेको बजारमा आज भने उच्च बृद्धि देखिएको छ। आज नेप्से परिसूचक संगसंगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो दिन ५ अर्बमा सीमित रहेको कारोबार आज ७ अर्ब पुगेको छ। साथै, करिब दुई दर्जन बढी कम्पनीको सेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ।
बजारको यस अघिको व्यापक गिरावट पछि बजारमा पुन: रौनकता आएको छ। बजारको आजको माहोलले करेक्सन सकिएको संकेत समेत गरेको छ। प्राविधिक विश्लेषकका अनुसार पनि बजार २४०० को बलियो सपोर्ट जोन बाट पुन: फर्किएको छ। उनीहरूको भनाइ अनुसार बजारले तत्काल ठूलो वृद्धि देखाउने सम्भावना भने कम रहेको छ। अहिलेको बजारको परिस्थिति साइडवेज ट्रेन्ड अर्थात् केही समयसम्म स्थिर नै रहने अनुमान गरिएको छ।
नेप्से ११४.७० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज नेप्से ११४.७० अंकले बढ्दा २१ कम्पनीहरूको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने २४३ कम्पनीको सेयरमूल्य बढेको छ । आज धेरै बढ्नेमा क्रमश: बुटवल पावर कम्पनी, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, श्री इन्भेस्टमेन्ट, र सेन्ट्रल फाइनान्स रहेको छ।

नेप्से ११४.७० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो: आज नेप्से ११४.७० अंकले बढ्दा एउटा कम्पनीको सेयरमूल्य घटेको छ। आज घटनेमा युनिलिभर नेपाल लिमिटेड रहेको छ।


प्रतिकृया