‘सेयर दरबार’ का शक्तिले यसरी बताए सेयर ट्रेडिङ्गमा सफल हुने स्ट्राटेजीहरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ११ गते

बजारको चिरफारले ‘द नेक्स्ट जेनेरेशन’ नामको नयाँ कार्यक्रम प्रस्तुत गरेको छ। यो कार्यक्रममा सेयर बजार, रियल स्टेट, सोसल मिडिया, आई. टी, विभिन्न व्यापार व्यवसाय लगायतका क्षेत्रहरुमा संघर्षरत युवा पुस्तासंग कुराकानी गर्ने गरिन्छ।

द नेक्स्ट जेनेरेसनको पहिलो एपिसोडमा उमेरले भर्खरै २४ टेकेका स्टक मार्केट ट्रेडर तथा कन्टेन्ट क्रियटर शक्ति कोइरालासंग कुराकानी गरेका छौं। उनले संचालन गर्ने सेयरदरबार नामक युटुब च्यानलमा सेयर बजार, स्टक मार्केट सम्बन्धि भिडियोहरु बनाउँछन् जहाँ उनले स्टक ट्रेडिंगका साथै वित्तिय साक्षरता र पैसाको बारेमा मानिसहरुको धारणा र बुझाईका बारेमा कुराकानीहरु गर्छन।

उनी सेयर बजारकै क्षेत्रमा आफ्नो करियर बनाउन चाहन्छन। आफ्नो जन्मस्थान तनहुँबाट +२ गरेर काठमाण्डौ छिरेका शक्तिले काठमाण्डौ कलेज अफ म्यानेजमेन्टबाट बिबिए गरेका छन्। सन् २०१८ को जुन बाट पहिलो आइपिओ भरे त्यसको १ वर्ष पछी बजारलाई बुझ्दै सेकेण्डरी मार्केट छिरे। र अहिले उनी सफल ट्रेडर मात्र नभई राम्रो कन्टेन्ट क्रियटर पनि हुन्।

कोइरालाका अनुसार नयाँ जेनेरेशनको सेयर बजार प्रतिको दृष्टिकोण पनि फरक छ। यस अघिका पुस्ताले पोलिटिक्स, एकोनोमी, समाचार लगायतका कुराहरुलाई बढी प्राथमिकता दिने गरेको तर नयाँ पुस्ता भने चार्ट हेरेर ट्रेडिंग गर्ने अथवा मोडेल बनाएर ट्राइ आउट गर्छन र फ्याक्टलाई बढी फोकस गर्छन। नयाँ पुस्ता डेटालाई विश्वाश गर्छन र हल्लाको आधारमा सेयरमा लगानी गर्दैनन् भन्ने उनको बुझाई छ।

नेपालको सेयर बजार स्विंग भन्दा पनि पोजिसनल ट्रेडिङ्गको लागि उपयुक्त रहेको उनको बुझाई छ। गत वर्ष युनिलिभर कम्पनीको सेयर ट्रेड गरेर राम्रो नाफा कमाएको स्मरण गर्दै कुनै कम्पनी जब बढ्दो ट्रेण्डमा जान थाल्छ त्यतिबेलै त्यो कम्पनीलाई क्याच गरेर जबसम्म अप ट्रेण्ड कायम रहन्छ तबसम्म होल्ड गर्ने हो भने निकै राम्रो कमाउन सकिने उनी बताउँछन्।

पोजिसनल ट्रेडिङ्गमा २०० दिनको मुभिंग एभरेज, प्राइसको स्ट्रेन्थ र भोलुमलाई बढी फोकस गर्नुपर्ने उनी बताउँछन्। इन्ट्री भन्दा बढी ध्यान एक्जिटमा दिनुपर्ने र राम्रो एक्जिट स्ट्राटेजी बनाउन सकेमा मात्रै कमाएको जोगाउन सकिने शक्ति बताउँछन्।

उनले पढेका किताबहरु जसले उनलाई मार्केटको साइकोलोजी बुझ्न मद्दत गर्यो :
१. इन्भेस्टमेन्ट साइकोलोजी एक्स्प्लेण्ड ,
२. ट्रेडिंग इन द जोन,
३. हाइ प्रोब्याब्लिटी ट्रेडिङ्ग

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स