सेयरबजारमा भारी गिरावट, २२३ कम्पनीको सेयर मूल्य घट्यो

सेयरबजारमा भारी गिरावट, २२३ कम्पनीको सेयर मूल्य घट्यो

आज नेप्से १११.९६ अङ्कले घटेर २७८२.६० मा बन्द भएको छ। बजारमा आज १८ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ भने १३ मध्ये १ वटा उपसमूहको सूचक बढेको छ भने १२ उपसमूह घटेको छ। आजको बजारमा होटल एन्ड टुरिजम उपसमूह बाहेक अन्य सबै उपसमूह घटेको छ।

आज बजारमा भारी गिरावट आएसँगै लगानीकर्ताको मनोबल पनि घटेको देखिन्छ। यस अघि छोटो समयमा व्यापक रूपमा बढेको बजारमा अहिले सेलिङ् प्रेसर रहेको अनुमान गर्न सकिन्छ।

 नेप्से परिसूचक १११.९६ अङ्कले घट्दा कुन कुन कम्पनीको सेयरमूल्य बढ्यो:
आज सेयरबजार १११.९६ अंकले घट्दा ३ कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २० कम्पनीहरूको सेयरमूल्य बढेको छ। सर्किट लागेर बढ्नेमा तारगाउँ रेजेन्सी होटल, आत्मनिर्भर लगुबित र डोल्टी हाईड्रोपावर रहेको छ।
1 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%9f-%e0%a5%a8 | %tags

नेप्से १११.९६ अंकले घट्दा  कुन कुन कम्पनीको सेयरमूल्य सबैभन्दा बढी घट्यो:
आज दिनभरको कारोबारमा २२३ कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा क्रमश: नेपाल फाइनान्स, रिडी हाइड्रोपावर र नेशनल हाईड्रोपावर रहेको छ।

2 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ad%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%b5%e0%a4%9f-%e0%a5%a8 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स