सेयरबजारमा फेरी देखियो उच्च अंकको गिरावट, बजारमा करेक्सन अझै बाकी नै?

सेयरबजारमा फेरी देखियो उच्च अंकको गिरावट, बजारमा करेक्सन अझै बाकी नै?

आज नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा बन्द भएको छ। अघिल्लो दिन सामान्य अंकले बढेको बजारमा आज फेरि भारी अंकको गिरावट आएको छ। बजार उच्च अंकले घटेपनि आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, आज सबै उपसमूह घटेको छ। सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रहेको छ। दिनभर १२ अर्ब ९२ अर्बको कारोबार हुँदा सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

बजारमा यसअघि आएको गिरावट पछि बढ्न लागेको बजारमा आज भने उच्च अंकले बजार  घटेको छ। करिव डेढ महिनासम्मको छोटो अवधिमा अत्यधिक बढेको बजारमा अघिल्लो दुई दिन  बजार बढेपछि करेक्सन सकिएको लगानीकर्ताहरुको अनुमान रहेको थियो तर आज फेरी बजार उच्च अंकले घटेपछि करेक्सन अझै नसकिएको भन्ने अनुमान पनि उत्पन्न भएको छ। तर, समग्रमा बजारप्रति लगानीकर्ताहरु सकारत्मक नै रहेको देखिन्छ। नियामक निकाय पनि सेयरबजारप्रति सकारात्मक रहेकाले हालका लागि लगानीकर्ताहरुको उत्साह भने कम भएको छैन।

नेप्से परिसूचक  ९०.७३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: 

आज सेयरबजार ९०.७३  अंकले घट्दा ५ कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ३१ कम्पनीहरूको सेयरमूल्य बढेको छ। सर्किट लागेर बढ्नेमा एक्सेल डेभलपमेन्ट, विन नेपाल लघुवित्त,  सामुदायीक लघुवित्त,  समाज लघुवित्त र इस्टर्न हाईड्रोपावर रहेका छन। 

1 5 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%89 | %tags

नेप्से परिसूचक  ९०.७३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो: 
आज नेप्से ९०.७३ अंकले घट्दा २१३ कम्पनीको सेयरमूल्यमा घटेको छ। सर्बाधिक घट्नेमा क्रमश: गुडविल फाइनान्स, हिमालयन पावर पार्टनर, सुपर माई हाइड्रोपावर, तारागाउँ रेजेन्सी होटल , र सेन्ट्रल फाइनान्स रहेको छ।
2 4 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a5%80-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%89 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स