सेयरबजारमा देखियो तिब्र उतारचढाव, कारोबार रकम पनि घट्यो

सेयरबजारमा देखियो तिब्र उतारचढाव, कारोबार रकम पनि घट्यो

आज नेप्से परिसूचक २.११ अङ्कले बढेर २९६८.४४ मा बन्द भएको छ। पछिल्ला दिनहरुमा हरेक दिन २० अर्ब बढी कारोबार रकम बनाएको बजारले आज दिनभरको कारोबार रकम १८ अर्ब मात्र रहेको छ्। साथै, आज १३ उपसमूहहरु मध्ये ५ उपसमूह बढेको छ भने ८ उपसमूह घटेको छ। गए बिहीबार देखि केही सेलिङ् देखिएको बजारमा लगानीकर्ताहरु नाफा बुक गर्ने सक्रिय रहेको अनुमान गर्न सकिन्छ।

पछिल्ला दिनहरुमा बढ्दोक्रममा रहेको नेप्सेलाई दैनिक कारोबार रकमले पनि साथ दिइरहेको थियो । तर , आज बजार सामान्य अंकले बजार बढेपनी कारोबार रकम भने राम्रो देखिएको छैन्। आज दिनभरको कारोबारमा धेरै उताचढाव र  नेप्से परिसूचकपनि एकछिनमै बढ्ने र एकछिनमै बढ्ने जस्ता गतिविधि देखिएको छ।

नेप्से २.११ अंकले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज सेयरबजार २.११ अंकले बढ्दा ५ कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ९९ कम्पनीहरुको सेयरमूल्य बढेको छ। सर्किट लागेर सेयरमूल्य बढ्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रेलियान्स फाइनान्स, डल्टी पावर कम्पनी र मल्टीपर्पस फाइनान्स रहेको छ।

आजको सेयरबजार 43 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%89%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%9a%e0%a4%a2 | %tags

नेप्से २.११ अंकले बढ्दा कसको सेयरमूल्य सबैभन्दा बढी घट्यो:
आज दिनभरको कारोबारमा कर्णाली डेभलपमेन्ट बैंकको मूल्यमा नकारात्मक सर्किट लागेको छ भने १४० कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा क्रमसः मातृभूमी लघुवित्त , सम्पदा लघुवित्त, सिटी होटल र बलेफी  हाईड्रोपावर रहेको छ।

आजको सेयरबजार 45 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%89%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%9a%e0%a4%a2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स