सीइडीबी हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?
सीइडीबी हाईड्रोपावरले ११.५७८९ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले वैशाख १० गते सोमवार बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले सेयरधनीहरुलाई २०७७/७८ र २०७८/७९ को नाफा बाट ११ प्रतिशतले हुन आउने ९,२३,३५१ कित्ता बोनश सेयर र कर प्रयोजनका लागी ०.५७८९ प्रतिशतले हुन आउने ४८ लाख ५९ हजार ३४४ रुपैया ४९ पैसा नगद लाभांश बाड्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न वैशाख ३१ गते वार्षिक साधारण सभा पनि बोलाएको छ। सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ ।सो सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ।
हाल कम्पनीको चुक्ता पुँजी ८३ करोड ९४ लाख १० हजार रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो। सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गते बुक क्लोज गर्नेछ । यसर्थ, वैशाख १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।