सीइडीबी हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख १२ गते
सीइडीबी हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?
AdvertisementAds

सीइडीबी हाईड्रोपावरले ११.५७८९ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीले वैशाख १० गते सोमवार बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई २०७७/७८ र २०७८/७९ को नाफा बाट ११ प्रतिशतले हुन आउने ९,२३,३५१ कित्ता बोनश सेयर र कर प्रयोजनका लागी ०.५७८९ प्रतिशतले हुन आउने ४८ लाख ५९ हजार ३४४ रुपैया ४९ पैसा नगद लाभांश बाड्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न वैशाख ३१ गते वार्षिक साधारण सभा पनि बोलाएको छ। सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा बिहान ८ बजे सुरु हुनेछ ।सो सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ।

हाल कम्पनीको चुक्ता पुँजी८३ करोड ९४ लाख १० हजार रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो। सभा प्रयोजनको लागि कम्पनीले वैशाख १९ गते बुक क्लोज गर्नेछ । यसर्थ, वैशाख १८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

AdvertisementAds
PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स