सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २ गते
सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो रेमिटेन्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाताको रुपमा सम्मानित गरिएको छ। आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणका आधारमा आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरुको घोषणा गर्दै सिटी एक्सप्रेसलाई सम्मान गरेको हो। अर्थमन्त्री विष्णु पौडेलले सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनलाई सम्मानपत्र प्रदान गरे।

रेमिट्यान्स तथा मनी ट्रान्सफर क्षेत्रमा सिटी एक्सप्रेसले सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रुपमा पहिलो पटक यो सम्मान प्राप्त गरेको हो। बिगत १४ वर्षदेखि सिटी एक्सप्रेसले कोरिया, जापान, साउदी अरब, कतार, कुवेत, मलेसिया, अष्ट्रेलिया लगायतका देशबाट विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ।

आन्तरिक विप्रेषणतर्फ पनि सिटी एक्सप्रेसले देशभर रहेका २५  हजार भन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सुरक्षित, र सहज सेवा प्रदान गर्दै आएको छ। यस कम्पनीले रकम बैंक खातामा जम्मा गर्ने, मोबाइल वालेटमा लोड गर्ने, र अन्य सुविधाहरु उपलब्ध गराउँदै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स