सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले १३ हजार ३२९ दशमलव २३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले जेठ १२ गतेदेखि उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०३ रूपैयाँ तोकेर बिक्रीमा ल्याएको हो।
हाल यस सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। आवेदन दिदाँ तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात सहित आगामी ३५ दिनभित्रमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधि भित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी सेयर बिक्रि गरिने बैंकले जानकारी दिएको छ ।
#BajarkoChirfar








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया