सामान्य अङ्कले घट्यो नेप्से, कारोबार रकममा भने देखियो वृद्धि

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २१ गते
सामान्य अङ्कले घट्यो नेप्से, कारोबार रकममा भने देखियो वृद्धि

आज नेप्से परिसूचक १.८८ अङ्कले घटेर २६७५.५१ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ५ उपसमूह बढेको छ भने ८ उपसमूह घटेको छ। दिनभर ५ अर्ब २२ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ। यस दिन ३२० कम्पनीको १ करोड १६ लाख सेयर कारोबार भएको छ।

तिहार बिदा पछिको पहिलो कारोबार दिन (हिजो) नेप्से परिसूचक झिनो अङ्कले घटेको थियो भने आज पुन: बजारमा सामान्य अङ्कले घटेको छ। तिहार पर्व सकिएसँगै बजारको माहोलमा भने खासै सुधार देखिएको छैन। नेप्से परिसूचक सँगसँगै कारोबार रकम पनि सुस्त नै रहेको देखिन्छ। हिजोको तुलनामा  आज  कारोबार रकम  भने सामान्य बढेको छ। समग्रमा बजार अहिले साइडवेज ट्रेन्डमा रहेको देखिन्छ। बजारमा खासै उत्साह नदेखिएपनि आउने दिनमा नेप्सेमा सुधार आउने अनुमान गरिएको छ।

नेप्से १.८८ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १.८८ अङ्कले घट्दा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १२१ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: नारायणी डेभलपमेण्ट बैंक, बलेफी हाइड्रोपावर, पिपल्स हाइड्रोपावर, समृद्धि फाइनान्स, र राप्ती हाइड्रो रहेको छ।

TOP GAINERS 9 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%85%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa | %tags

नेप्से १.८८ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो : आज नेप्से १.८८ अङ्कले घट्दा ११७  कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: कुथेलि बुखरी स्मल हाइड्रोपावर, नेपाल फाइनान्स, समाज लघुवित्त, युनाइटेड मोदी र सुपर मादी हाइड्रोपावर रहेको छ।

TOP LOSERS 10 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%85%e0%a4%99%e0%a5%8d%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स