सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्दोक्रममा

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्दोक्रममा
Advertisement Ads

आज नेप्से ३.८० अङ्कले बढेर २७८६.४० मा बन्द भएको छ। बजारमा आज १३ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएको छ भने १३ मध्ये ७ वटा उपसमूहको सूचक बढेको छ भने ६ उपसमूह घटेको छ। आजको बजारमा इन्भेस्टमेन्ट उपसमूह सर्वाधिक बढेको छ।

अघिल्लो दिन को भारी गिरावट पछि आज बजार केही समालिएको छ । तर , आज दिनभरमा बजारमा तिब्र उतारचढाव देखिएको छ। दिनभरको कारोबारमा नेप्से केही छिनमा बढ्ने र केही छिनमै घट्ने भइरहेको थियो। तर अन्त्यमा भने बजार सामान्य अंकले बढेर बन्द भएको हो। कारोबार रकम घटेसँगै हालको लागि लगानीकर्ताहरुको उत्साह कम भएको अनुमान गर्न सकिन्छ।

 

नेप्से ३.८० अंकले बढ्दा कसको सेयरमूल्य सबैभन्दा बढी बढ्यो :
आज नेप्से ३.८० अंकले बढ्दा ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने ९८ कम्पनीको सेयर मूल्य बढेको छ। सर्किट लागेर बढ्नेमा लिवर्टी इनर्जी, हिमालयन हाईड्रोपावर,  र मिड सोलु हाईड्रोपावर रहेका छन्।

1 1 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%85%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0 | %tags

नेप्से ३.८० अंकले बढ्दा कसको सेयरमूल्य सबैभन्दा बढी घट्यो :

आजदिनभरको कारोबारमा १४२ कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा क्रमश: कर्णाली डेभलपमेन्ट बैंक, स्वरोजगार लघुवित्त  र अपर सोलु हाईड्रोपावर रहेका छन।

2 1 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%85%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%a2%e0%a5%8d%e0%a4%af%e0%a5%8b-%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0 | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स