सानिमा लिमिटेडले आगामी कात्तिक १४ गते पहिलो वार्षिक साधारणसभा बोलाएको छ, जसमा सार्वजनिक सेयर निष्कासन (आईपीओ) लगायतका प्रस्तावहरू पारित हुनेछन्। असोज १८ गते सम्पन्न सञ्चालक समितिको बैठकले यो सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो।
सभामा आईपीओ निष्कासन र यसबाट संकलित रकमको उपयोगका लागि रणनीति बनाउने, साथै आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित हुनेछ।
त्यसैगरी, सेयरधनीहरूलाई बाँकी भुक्तानी रकम चुक्ता गर्न ७५.७४२१ प्रतिशत (करसहित) लाभांश वितरण गर्ने, वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन तथा गत आर्थिक वर्षका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने प्रस्तावहरू राखिनेछन्। चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, साथै सञ्चालकहरूको नियुक्ति पनि सभामा निर्णय गरिनेछ।








![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)





![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)

![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया