साना किसानको ३० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १७ गते
साना किसानको ३० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

साना किसान विकास लघुवित्तले आज (जेठ १७ गते) देखि संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।

यी सेयरमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि न्यूनतम १ हजार कित्ता र अधिकतममा ४ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ।

इच्छुक लगानीकर्ताले असार १९ गतेसम्म बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटललको कार्यालय र साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरू विर्तामोड, इटहरी, बर्दिवास, हेटौँडा, गजुरी, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, बबरमहल, लहान र अत्तिरियामा आवेदन दिन सक्नेछन् ।

#BajarkoChirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स