आज साताको पहिलो कारोबार दिन नेप्से ३४.४७ अङ्कले घटेर २९६६.३३ मा बन्द भएको छ। बजारमा २८ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ भने १३ मध्ये ४ वटा समूहको सूचक बढेको छ भने ९ उपसमूह घटेको छ। आज सुरूवातमा बढेको बजारमा धेरै उताचढाव देखिएपनि बन्द हुने क्रममा बजार घटेर बन्द भएको हो।
नेप्से ३४.४७ अंकले घट्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो:
आज सेयरबजार ३४.४७ अंकले घट्दा ४ कम्पनीहरुको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४७ कम्पनीहरुको सेयरमूल्य बढेको छ। सर्किट लागेर सेयरमूल्य बढ्नेमा राष्ट्रिय बीमा कम्पनी, लाइफ इन्स्योरेन्स (नेपाल) , मल्टीपर्पस फाइनान्स , सम्पदा लगुवित रहेको छ।

नेप्से ३४.४७ अंकले घट्दा कसको सेयरमूल्य सबैभन्दा बढी घट्यो:
आज दिनभरको कारोबारमा नेपाल फाइनान्सको मूल्यमा नकारात्मक सर्किट लागेको छ भने १९५ कम्पनीहरुको सेयरमूल्य घटेको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी घट्नेमा क्रमसः नेपाल फाइनान्स, सगरमाथा जलविद्युत, न्यादी हाईड्रोपावर, शुभम् पावर र मातृभूमी लगुबित्त रहेको छ।


प्रतिकृया