साउदीको अराम्कोद्वारा एसपीओ घोषणा, १३ बिलियन डलर उठाउने योजना

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ १८ गते
साउदीको अराम्कोद्वारा एसपीओ घोषणा, १३ बिलियन डलर उठाउने योजना

साउदी अरेबियाको अरामको कम्पनीले १३.१ बिलियन डलरको सेयर बिक्री गर्ने घोषणा गरेको छ । अराम्कोले विहिबार १३.१ बिलियन डलर बराबरको सेयर बिक्री गर्ने बताएको हो ।

एक विज्ञप्ति जारी गर्दै अराम्कोको सेकेन्डरी पब्लिक अफरिङ (एसपीओ) को लागि १५० करोड ४५ लाख सेयर घोषणा गरेको छ । एउटा सेयरको मूल्य ७.१२ डलर देखि ७.७३ डलर सम्म हुने बताइएको छ ।

अराम्कोले साउदी स्टक एक्सचेन्जमा आइतबारदेखि सेयर बिक्री सुरु हुने जनाएको छ । डिसेम्बर २०१९ मा जारी प्रारम्भिक पब्लिक अफरिङ (आईपीओ) पछि कम्पनीको यो दोस्रो सूचि हो ।

कम्पनीले आईपीओको समयमा करिब २५.६ बिलियन डलर उठाएको थियो । यो इतिहासकै सबैभन्दा ठूलो आईपीओ हो । साउदी अरब विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक हो । बिहीबार एसपीओ घोषणा हुनुअघि कम्पनीको करिब ८२ प्रतिशत सेयर सरकारको स्वामित्वमा थियो ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स