सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख ३१ गते
AdvertisementAds
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
AdvertisementAds

जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवै जनालाई जनकपुर बाट पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरुबाट लुटेको मध्ये रु १४ लाख ५३ हजार बरामद गरेको उनले बताए ।

गत वैशाख २४ गते जनकपुरधाम उपमहानगरपालिका–१९ थुमौनास्थित पोखरी बाट धनुषाको सबैला–१२ रघुनाथपुर स्थित शुभश्री बचत तथा ऋण सहकारीको रु ८० लाख लुटिएको थियो । सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट रु ८० लाख रकम निकालेर लग्दै गरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारार भएका थिए । घटना बारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

#bajarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स