पछिल्ला केही हप्ताहरूमा, गुगलले लागत घटाउने प्रयासमा आफ्ना धेरै कर्मचारीहरूलाई हटाएको छ। गुगलले हालसालै लागत घटाउने उपायहरूको एक हिस्साको रूपमा आफ्नो सम्पूर्ण पाइथन टोलीको जागिर कटौती गरेको छ।
कम्पनीले संयुक्त राज्य अमेरिका बाहिर सस्तो श्रमिक लिने लक्ष्य राखेको छ,विशेष गरी गुगलले जर्मनीको म्युनिचमा नयाँ टोली स्थापना गर्ने जनाइएको छ।
पाइथन टोलीले गुगलको पाइथन इकोसिस्टम व्यवस्थापन गर्न, स्थिरता सुनिश्चित गर्न, तेस्रो-पक्ष प्याकेजहरू अद्यावधिक गर्न, र टाइप-चेकर जस्ता उपकरणहरू विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। यसैबीच, गुगलले आफ्नो रियल स्टेट र वित्त विभागहरूबाट कर्मचारीहरू पनि कटौती गरेको बिजनेस इनसाइडरले रिपोर्ट गरेको छ। गुगलका वित्त प्रमुख रुथ पोराटले एक इमेलमा कर्मचारीहरूलाई पुनर्गठनमा बेङ्गलोर, मेक्सिको सिटी र डब्लिनमा विकास विस्तार गर्ने कुरा बताए।
गुगलले आर्टिफिसियल इन्टेलिजेन्स टेक्नोलोजीमा लगानी र विकासको तीव्रताको एक हिस्साको रूपमा जनवरीमा इन्जिनियरिङ र हार्डवेयर लगायत विभिन्न टोलीहरूमा सयौं पदहरू पनि हटाएको थियो।















प्रतिकृया