श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १३ गते
श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । असार ७ गते कम्पनीसँग विवरण माग गरिएको थियो, जसका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा तेलको गुणस्तर पुष्टि हुन नसकेपछि कारबाही गरिएको हो ।

माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि (फर्मुलेसन, रेसिपि मेथड) उल्लेख गरिएको कागजात प्राप्त नभएको र कारखानामा स्टाण्डर्ड अपरेसन प्रोसिड्युर (एसओपी) को अभिलेख नपाइएको महानगरको प्रतिवेदनले औंल्याएको  छ ।

इण्डष्ट्रीको नाममा प्राप्त भएको आइओइएस प्रमाणपत्र उत्पादित तेलमा प्रयोग गरिएको छ जुन गर्न नहुने प्रतिवेदनमा  छ । साथै, तेलको लेबलमा उल्लेख गरिएको फाइदासम्बन्धी दाविहरूको कुनै प्रमाणित क्लिनिकल ट्रायल वा विश्लेषण उपलब्ध गराइएको छैन।

महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ ।

 

 

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स