शाइन रेसुंगालाई इमर्जिङ एशिया बैंकिङ अवार्डमा तीन उपाधि

शाइन रेसुंगालाई इमर्जिङ एशिया बैंकिङ अवार्डमा तीन उपाधि
Advertisement Ads

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले इमर्जिङ एशिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड २०२३ अन्तर्गत नेपालबाट “बेस्ट बैंक” सहित  तीनवटा प्रतिष्ठित उपाधि जित्न सफल भएको छ। भारतको नयाँ दिल्लीमा आयोजित ‘बैंकिङ कन्क्लेभ २०२४’ मा बैंकले “बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी, नेपाल” र “बेस्ट पर्फमेन्स अन ग्रोथ, नेपाल” श्रेणीमा पनि उत्कृष्टता हासिल गर्दै तीन उपाधि जितेको हो।

विमस्टेक अन्तर्गतका राष्ट्रहरू भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायतका देशका बैंकहरूसँग प्रतिस्पर्धा गर्दै शाइन रेसुंगाले यो उपलब्धि प्राप्त गरेको हो। शुक्रबार भारतको दिल्लीमा सम्पन्न सम्मेलनमा शाइन रेसुंगाको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु र प्रमुख वित्त अधिकृत भुवन पन्थले अवार्ड ग्रहण गरेका थिए।

शाइन रेसुंगाले पहिलोपटक गत वर्ष नै “बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी” र “बेस्ट पर्फमेन्स अन ग्रोथ” विधामा अवार्ड जितेको थियो। यसपटक यी दुई विधासँगै “बेस्ट बैंक” उपाधि पनि जितेर बैंकले आफ्नो प्रतिष्ठा थप मजबुत बनाएको छ।

इण्डियन चेम्बर अफ कमर्सले अवार्डका लागि विभिन्न १७ वटा सूचक निर्धारण गरेको थियो, जसमा शाइन रेसुंगाले आफ्नो उत्कृष्टता प्रमाणित गरेको हो। बैंकले यसअघि पनि दुई पटक बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड जितिसकेको छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बैंकको यो सफलता सम्पूर्ण सञ्चालक, कर्मचारी, निक्षेपकर्ता, र ग्राहकहरूको योगदानको परिणाम भएको बताए। बैंकका अध्यक्ष थानेश्वर पौडेलले शहरी तथा ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच विस्तार गर्दै डिजिटल बैंकिङलाई प्राथमिकता दिएर बैंकले अग्रणी स्थान हासिल गरेको उल्लेख गरे।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो, जसका देशभर ८८ वटा शाखा, १ वटा एक्सटेन्सन काउन्टर, र १८ वटा एटीएम सञ्चालनमा छन्।

viber image 2024 08 24 09 47 31 460 https://bajarkochirfar.com/%e0%a4%b6%e0%a4%be%e0%a4%87%e0%a4%a8-%e0%a4%b0%e0%a5%87%e0%a4%b8%e0%a5%81%e0%a4%82%e0%a4%97%e0%a4%be%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%87%e0%a4%ae%e0%a4%b0%e0%a5%8d%e0%a4%9c%e0%a4%bf%e0%a4%99 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स