युवा तथा खेलकुद मन्त्रालयले अमेरिका र वेस्टइण्डिजमा सुरु भएकाे आईसीसी टी-२० विश्वकप प्रतियोगितामा नेपाली राष्ट्रिय टोली सम्मिलित खेलको प्रत्यक्ष प्रसारण गर्न देश भरका स्थानीय तहलाई पत्राचार गरेको छ । मन्त्रालयले नेपाली खेलप्रेमीको हौसला बढाउने उदेश्यले आइतवार सबै स्थानीय तहलाई अनुरोध गरेको हो ।
नेपाली टोली १० वर्षपछि टी-२० वर्ल्ड कपमा सहभागी हुँदै छ । समूह ‘डी’ मा रहेकाे नेपालले नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । अमेरिकाको ड्यालसमा आज नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्दै छ, खेल नेपाली समयअनुसार राति ९.१५ बजे सुरु हुनेछ ।

#bajarkochirfar

प्रतिकृया