आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपाल आज नेदरल्याण्डसँग खेल्दै छ । खेल नेपाली समय अनुसार आज राति सवा नौ बजेदेखि हुनेछ ।
नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स युएईलाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।
अमेरिका र वेस्ट इन्डिजमा हुने उक्त खेलको प्रत्यक्ष प्रसारण आईसीसीले आफ्नो आधिकारिक वेब टिभी मार्फत निःशुल्क रूपमा उपलब्ध गराउन थालेको छ । यसका लागि आईसीसीको आधिकारिक वेब पेज अथवा मोबाइल एपमा उपलब्ध टिभी मार्फत हेर्न सकिन्छ ।
#bajarkochirfar















![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया