insta insta

लक्ष्मी पूजाको दिन सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १५ गते
लक्ष्मी पूजाको दिन सुनको मुल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
Advertisement Ads

आज तिहारको तेस्रो दिन, लक्ष्मी पूजाको अवसरमा देशभरका हिन्दू धर्मावलम्बीहरूले ऐश्वर्य र धनकी देवी लक्ष्मीको पूजा आराधना गरिरहेका छन्। आज धन, दौलत तथा सुनचाँदीका गरगहनाहरूको पूजा गर्दा थप लाभ हुने जनविश्वास छ, जसले गर्दा सुनचाँदीको माग पनि उच्च रहने गर्दछ।

लक्ष्मी पूजाको यही दिन, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिन प्रतितोला एक लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज ३ सय रुपैयाँको वृद्धि भएको हो।

यसका विपरीत, चाँदीको मूल्यमा भने गिरावट आएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ३० रुपैयाँ घटेर २ हजार ९० रुपैयाँमा झरेको छ, जबकि अघिल्लो दिन चाँदी प्रतितोला २ हजार १२० रुपैयाँमा कारोबार भएको थियो।

GOLD SILVER UPDATE 6 1 https://bajarkochirfar.com/%e0%a4%b2%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%8d%e0%a4%ae%e0%a5%80-%e0%a4%aa%e0%a5%82%e0%a4%9c%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%95%e0%a5%8b | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स