रौतहटको कटहरिया नगरपालिका मेयर, उपमेयरसहित ११ जनाविरूद्ध भ्रष्‍टाचारको मुद्दा दायर

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २१ गते
रौतहटको कटहरिया नगरपालिका मेयर, उपमेयरसहित ११ जनाविरूद्ध भ्रष्‍टाचारको मुद्दा दायर

रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरूद्ध भ्रष्‍टाचारको मुद्दा दायर भएको छ ।

विहिबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा ११ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

कटहरिया नगरपालिका वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आ.व. २०७८/०७९ मा टायल्सको कामका लागि विनियोजन भएको रकम स्वीकृतिका लागि लागत अनुमान बमोजिम कार्य नगरी कमसल काम गरेको भन्ने उजुरी परेको थियो ।

त्यसमा अख्तियारले मेयर प्रकाश, उपमेयर देवी, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्यहरू समिश विक्रम शाह, मनोजप्रसाद जैसवाल र इन्जिनियर मो,मकसुद आलमविरूद्ध मुद्दा दायर भएको हो ।

बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्‍द्र साहविरूद्ध पनि मुद्दा दायर भएको हो ।

टाइल्स ओछ्याउने काम बौद्धिमा उपभोक्ता समितिमार्फत भएको थियो । फिल्डमा ७२०.८१ वर्ग मिटरमात्रै थियो। तर त्यहाँ काम गरेको भन्दा ४७३.६० वर्गमिटर बढी काम गरेको कार्यसम्पन्न प्रतिवेदन तयार पारेका थिए ।

अनुगमन समितिबाट पनि सोही परिमाणको काम सम्पन्न भएको भनेर प्रतिवेदन दिएर भएको काम भन्दा बढी काम देखाएर १२ लाख ५२ हजार ९४१ रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारले जनाएको छ ।

#bajarkochirfar #bazarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स